

काठमाडौँ, जेठ १ गते । राप्रपाको यही जेठ २८ र २९ मा केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ ।
केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय कार्यसमितिको बैठक ०८३ जेठ २८ र २९ गते काठमाडौंमा बस्ने निर्णय गरेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठ जानकारी दिएका हुन् ।
संविधान संशोधनका लागि बहसपत्र निर्माण कार्यदलले पार्टीसँग मागेको सुझावका लागि सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी प्रदान गरिएको छ । राप्रपाले पार्टीको स्थापित मान्यता र घोषणापत्रको स्पिरिटअनुसार संविधान संशोधनको सुझाव पेस गर्ने प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै राप्रपा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङद्वारा प्रस्तुत हालै सम्पन्न निर्वाचनका सम्बन्धमा सातवटै प्रदेशमा भएको समीक्षा बैठकको सुझावसहितको प्रतिवेदनलाई परिमार्जनसहित आगामी कार्यसम्पादन बैठकमा र त्यसपछि केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने निर्णय पनि गरिएको छ ।
प्रतिनिधिसभाको निर्वाचनका कारण यसअघि स्थगित गरिएको पार्टीको जिल्ला, स्थानीय र सबै तहको अधिवेशन पुन: सञ्चालन गर्ने निर्णय गरिएको छ भन्ने निकट भविष्यमा हुने महाधिवेशनका लागि विधानबमोजिम सबै स्थानीय तह, क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला एवं प्रदेशको अधिवेशनमा तदारुकताका साथ जुट्न पार्टी पंक्तिलाई राप्रपाले आह्वान गरेको छ ।
पार्टीको आगामी महाधिवेशन मिति निर्धारण एवं तालिका बनाइ आगामी कार्यसम्पादन बैठकमा पेस गर्न उपाध्यक्ष हेमजङ गुरुङ, महामन्त्री धवलशमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी दिएको प्रवक्ता श्रेष्ठले जनाए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















































