

नयाँदिल्ली, वैशाख ३१ गते। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा बढी घाइते भएको सरकारी अधिकारीले बिहीबार पुष्टि गरेका छन् । उत्तर प्रदेशका विभिन्न ठाउँबाट मौसमी प्रकोपका कारण पशुधन, आवासीय घर र अन्य सम्पत्तिमा क्षति भएको रिपोर्ट गरिएको छ ।
तीव्र हावाले हजारौँ रुख ढलेको र पर्खाल भत्केको घटना रिपोर्ट गरिएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सबै जिल्लाका राहत अधिकारीलाई सबै पीडितलाई यथा सम्भव राहत र सहायता उपलब्ध गराउन निर्देशन दिनुभएको छ । सबैभन्दा बढी प्रभावित प्रयागराज जिल्लामा मात्र लग-भग २० जनाको मृत्यु भएको जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































