05/14/2026, 12:03:20
बिहिबार, बैशाख ३१, २०८३

सुनचाँदीको मूल्यमा वृद्धि


काठमाडौँ, वैशाख ३१ गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर तीन लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर पाँच हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा पाँच हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..