

काठमाडौँ, वैशाख ३० गते। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेर तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर पाँच हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा पाँच हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































