05/06/2026, 18:12:22
बुधबार, बैशाख २३, २०८३

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ हाजिरी जमानतमा छुटे


काठमाडौँ, वैशाख २३ गते । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानतमा छुटेका छन् । व्यवसायी शेखर गोल्छालाई जिल्ला अदालतले बीमा ऐनअनुसार म्याद थप गर्न अस्वीकार गरेपछि उनको हकमा पनि एउटै व्यवहार गर्ने भन्दै हाजिरी जमानतमा छोडिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ । २२ वैशाखमा उनलाई पनि परिवारको जिम्मा लगाइएको हो ।

उनलाई अनुसन्धानका लागि खोजेको समयमा उपस्थित हुने शर्तमा रिहा गरिएको हो । श्रेष्ठलाई १५ वैशाखमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

बीमा ऐन २०७९ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान लागि ४६ वर्षीय श्रेष्ठ काठमाडौंको कागेश्वरी मनहरा-५ बाट पक्राउ गरिएको थियो । उनलाई बीमा प्राधिकरणको पत्रको आधारमा बीम ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।

प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थाले पनि एउटै अभियोगमा पक्राउ परेकाहरुलाई फरक-फरक व्यवहार गर्न नमिल्ने भन्दै जमानतमा रिहा गरिएको हो ।