04/27/2026, 17:37:57
सोमबार, बैशाख १४, २०८३

३ हजार भन्दा बढीले गराए सुकुमवासीका रूपमा नाम दर्ता


काठमाडौं, वैशाख १४ गते। सुकुमवासी बस्तीमा डोजर चलेपछि अन्यौलमा परेकाहरू सरकारको सम्पर्कमा आउन थालेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार दिउँसोसम्म ८२२ परिवारले आफ्नो नाम र विवरण दर्ता गराएको संकलनमा संलग्न एक अधिकारीले बताए। ३ हजार ३ सय ६७ जना सदस्यले सुकुमवासीका रूपमा नाम दर्ता गराएको हो ।

दर्ता भएकामधये १५ सय हाराहारी बच्चाहरू छन्।

प्रधानमन्त्री बालेन शाहको निर्देशनमा थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुमवासीहरू सम्पर्कमा आउन थालेका हुन्।

आफै आवास र खानपिन प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सरकारले दशरथ रंगशालामा हेल्प डेस्क राखेको छ। त्यहाँ विवरण टिपेपछि विभिन्न पाँचवटा ‘होल्डिङ सेन्टर’ मा उनीहरूको बस्ने व्यवस्था गरिएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..