04/24/2026, 21:04:48
शुक्रबार, बैशाख ११, २०८३

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ


काठमाडौँ, वैशाख ११ गते । प्रहरीले पूर्वमन्त्री एवं राप्रपा नेता विक्रम पाण्डेलाई पक्राउ गरेको छ ।

सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर भएको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

ब्युरोका एआईजी मनोज केसीले पाण्डेलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । यसअघि प्रहरीले यो प्रकरणमा ६ जनालाई पक्राउ गरेको थियो ।

– गौरव पोखरेल