

काठमाडौं, वैशाख ७ गते । सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेर ५ हजार १९० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार २२५ रुपैयाँ थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































