09/01/2026, 11:52:23
मङ्गलबार, भदौ १६, २०८३

सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि


काठमाडौँ, चैत २९ गते । आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ९७ हजार १ सय तोकिएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय थियो ।

यस्तै, चाँदी आज तोलाको ४ हजार ९७५ मा किनबेच भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य ४ हजार ९६० रहेको थियो ।