काठमाडौँ, चैत २५ गते । नेपाली बजार आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात हजार दुई सय रुपैयाँले बढेर दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा दुई लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी चार हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
