04/06/2026, 23:32:23
सोमबार, चैत २३, २०८२

ज्योत्स्ना श्रेष्ठको नेतृत्वमा एसोसिएट समूहको उम्मेदवारी


काठमाडौँ, चैत २३ गते । नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नेतृत्वका लागि उम्मेदवारी दिने क्रम सुरु भएको छ ।

यसअघि वस्तुगततर्फको समूहले उम्मेदवारी दिएकोमा एसोसिएटतर्फ पनि समूह बनाएर उम्मेदवारी घोषणा हुन थालेको छ । चैत ३० गते हुने निर्वाचनका लागि एसोसिएट उपाध्यक्षको उम्मेदवार ज्योत्स्ना श्रेष्ठको समूहले आइतबार उम्मेदवारी दर्ता गराएको छ ।

एसोसिएटतर्फको कुल १९ जना सदस्यका लागि अविनाश बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्धु बस्नेत, गोपाल खनाल, जमुना श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । त्यस्तै जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमिल्सिना, शोभा ज्ञवाली, सन्दीप अग्रवा, शैलेन्द्र गुरागाईं, सुनीलनारायण श्रेष्ठ, सचिन ढकाल, ई. विनोद ढकाल र चन्द्र ढकालले उम्मेदवारी दिनुभएको महासङ्घले जनाएको छ ।