09/01/2026, 13:35:33
मङ्गलबार, भदौ १६, २०८३

सुन दुई लाख ९० हजार नाघ्यो, चाँदी पनि बढ्यो


काठमाडौँ, चैत १७ गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन ६ हजार सात सय रुपैयाँले बढेर तोलामा दुई लाख ९० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा दुई लाख ८३ हजार पाँच सय रुपैयाँका कारोबार भइरहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १४५ रुपैयाँले बढेर चार हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा चार हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..