पश्चिम नवलपरासी, चैत १४ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा शुक्रबार राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
दाउन्ने सडक खण्डको बर्दघाट–४ स्थित घ्यु खोलामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअपलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा रोल्पाको बाघमाराका २५ वर्षीय गोविन बुढा र नाम, थर नखुलेका अन्य दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी वीरदत्त पन्तले जानकारी दिनुभयो। मृतकहरूको शव हाल पृथ्वीचन्द्र अस्पताल, परासीको शवगृहमा राखिएको छ।
दुर्घटनामा घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेलाई उपचारका लागि लुम्बिनी सिटी अस्पताल, बुटवल पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेमध्ये केहीको चिसापानी अस्पताल, बर्दघाटमा उपचार भइरहेको छ।
उद्धारका क्रममा प्रहरी सहायक निरीक्षक कमलप्रसाद आचार्य चिप्लिएर लड्दा घाइते हुनुभएको छ। उहाँको पनि बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँबाट छुटेको यात्रुबाहक बस रोल्पातर्फ जाँदै गरेको थियो।
– विकास अधिकारी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
