04/07/2026, 15:13:17
मङ्गलबार, चैत २४, २०८२

सुन–चाँदीको मूल्यमा गिरावट


काठमाडौँ, चैत १२ गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले घटेर तोलामा दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १०० रुपैयाँले घटेर तोलामा चार हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा चार हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..