04/05/2026, 23:45:16
आइतबार, चैत २२, २०८२

सुनको मूल्य घट्दा चाँदीको बढ्यो


काठमाडौं, चैत १० गते । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको हो । अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ४ हजार ४२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ४ हजार ५०५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..