04/06/2026, 05:41:59
आइतबार, चैत २२, २०८२

सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर


काठमाडौँ,  चैत ६ गते ।  स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८९५ कायम भएको छ ।

हिजो बिहीबार एक तोला सुन रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १५० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..