04/06/2026, 04:14:19
आइतबार, चैत २२, २०८२

सुनचाँदीकोे मूल्य आज पनि घट्यो


काठमाडौँ,  चैत ५ गते ।स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा पाँच हजार ४०० र चाँदी १४० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५० कायम भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुन तीन लाख नौ हजार ९०० र एक तोला चाँदी पाँच हजार ३३५ कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..