09/02/2026, 18:53:42
बुधबार, भदौ १७, २०८३

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


काठमाडौँ, फागुन २७ गते । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर तीन लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा तीन लाख १७ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा पाँच हजार ७२० रुपैयाँमा कायम भएको छ  । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..