04/07/2026, 15:13:48
मङ्गलबार, चैत २४, २०८२

११ हजारले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?


काठमाडौँ, फागुन २० गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ११ हजार रुपैयाँले घटेर तीन लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय   रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २७५ रुपैयाँले घटेर ५ हजार पाँच सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन ५ हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..