04/06/2026, 13:41:43
सोमबार, चैत २३, २०८२

नेपाल-भारत सीमा नाका तीन दिन बन्द


सर्लाही, फागुन १९ गते । बिहीबार हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सर्लाहीमा नेपाल-भारत सीमा नाका बन्द गरिएको छ ।

सोमबार राति १२ बजेदेखि सीमा नाका पूर्णरूपमा बन्द गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी मतदानको दिन बिहीबार राति १२ बजेसम्मका लागि सीमा नाका बन्द गरिएको हो । नेपाल तथा भारतमा निर्वाचन हुँदा ७२ घण्टा अघिदेखि यसरी सीमा नाका बन्द गर्ने परिपाटी रहँदै आएको छ । नाका बन्द गरिएसँगै मङ्गलबार बिहानैदेखि मलङ्गवा–सोनवर्षासहित सर्लाहीका कुनै पनि सीमा नाकाबाट मानिस तथा सवारी साधनलाई वारपार गर्न दिइएको छैन् ।

blog

अब मतदान सम्पन्न नहुन्जेल बिरामी बोकेका एम्बुलेन्स र अन्य अत्यावश्यक सवारी साधनबाहेक मानिस तथा कुनै प्रकारका गाडी वारपार गर्न नपाउने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । सीमा नाका बन्द भएसँगै नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मीले नाकामा कडाइ गर्न थालेका छन् । सीमा नाका सिल गरिएकोबारे दुवै देशका सुरक्षाकर्मीले दसगजा क्षेत्रमा माइकिङ गर्दै आवतजावत नगर्न आग्रह गरेका छन् ।

– जनार्जन खत्री