04/06/2026, 06:29:52
सोमबार, चैत २३, २०८२

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


काठमाडौँ, फागुन ८ गते । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलामा ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..