04/06/2026, 07:57:54
सोमबार, चैत २३, २०८२

गुडिरहेको इभी हाइस गाडीमा अचानक आगलागी


बारा, माघ ३ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकखण्डमा गुडिरहेको विद्युतीय गाडी (इभी) मा अचानक आगलागी  भएको छ ।

पोखराबाट काँकडभिट्टा तर्फ जाँदै गरेको गाडीमा शनिबार एक्कासी आगलागी भएको हो।

जितपुर सिमरा उपमहानगरपालिका–१६ काटघाटमा प्रदेश १–०१–००१ ख ४७२० नम्बरको गाडी गुडिरहेको अवस्थामा जंगल क्षेत्रमा अचानक आगलागी भएको हो ।

आगलागीबाट गाडी जलेर पूरै ध्वस्त भए पनि त्यसमा सवार १४ जना यात्रु भने सुरक्षित रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।

– लक्ष्मी साह