04/07/2026, 01:34:02
सोमबार, चैत २३, २०८२

नेपाली बजारमा सुन तोलामा २ लाख ७० हजारभन्दा माथि


काठमाडौँ, पुस १३ गते । साताको कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च हो ।

सुनको मूल्य २ लाख ७० हजार नाघ्दा चाँदीको मूल्य समेत ४ हजार ८३५ रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँ थियो भने चाँदीको ४ हजार ५६५ रुपैयाँ थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..