

काठमाडौँ, भदौ ७ गते । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका जुनसुकै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’मा रहने भएकाले पुराना वा चर्चित अपराधमा संलग्न जोकोहीलाई पनि ढिलो-चाँडो कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभएको छ।
पुराना र जघन्य प्रकृतिका अपराधको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) तथा विशेष टोलीमार्फत निरन्तर भइरहेको बताउँदै उहाँले प्रविधिको विकास र बदलिँदो सुरक्षा चुनौतीलाई सम्बोधन गर्न प्रहरीले आधुनिक ‘पुलिसिङ’ र कार्यसम्पादन सूचकका आधारमा काम गरिरहेको उल्लेख गर्नुभयो।
प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएकाले अब नागरिकले घरबाटै नेपाल पुलिस एप मार्फत विभिन्न सेवा तथा आवेदन दिन सक्ने सुविधा सुनिश्चित गरिएको उहाँले जानकारी दिनुभयो। अपराधको विश्वव्यापी सञ्जाललाई निस्तेज पार्न इन्टरपोल र अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनहरूसँग समन्वय भइरहेको बताउँदै महानिरीक्षक कार्कीले शान्ति, सुरक्षा र अमनचयन कायम राख्न आपराधिक प्रवृत्तिका व्यक्तिहरूबारे सूचना दिएर सहयोग गर्न आमनागरिकसँग आग्रह गर्नुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























