

काठमाडौँ, साउन ३१ गते । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालदेखि नै आफू र आफ्नो पार्टीलाई न्याय दिँदै आएकाले मुलुकको न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभएको छ। संस्थापन पक्ष इतरको तीन दिने राष्ट्रिय सम्मेलन समापनका अवसरमा बोल्दै उहाँले पार्टीको आधिकारितासम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा न्याय पाइने अपेक्षा व्यक्त गर्नुभयो।
स्वास्थ्य उपचारपछि स्वदेश फर्कनुभएका नेता देउवाले आफू हिन्दू धर्मावलम्बी भए पनि बुद्ध धर्मलगायत सबै धर्म र संस्कृतिप्रति उत्तिकै श्रद्धा एवं सम्मान रहेको स्पष्ट पार्नुभयो। सोही अवसरमा उहाँले विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भएकाले त्यस्तो नगर्न आफूले पूर्वसचेत गराएको स्मरण गराउँदै नेता–कार्यकर्ताबाट पाएको माया र सद्भाव कहिल्यै नबिर्सने बताउनुभयो।
पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजित उक्त तीन दिने सम्मेलनले १५औँ महाधिवेशनको तयारी, सनातन धर्मको स्वतन्त्रता, र संविधान संशोधन लगायत विभिन्न पाँचवटा महत्त्वपूर्ण प्रतिवेदनहरू पारित गर्दै सम्पन्न भएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























