

काठमाडौँ, साउन ३० गते । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा शनिबार उपत्यकाका विभिन्न ५ स्थानबाट ग्यास वितरण थालिएपछि खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्ताहरूले ठुलो राहतको महसुस गरेका छन्।
बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरसहित टेकु, चाबहिल, कीर्तिपुर र वसुन्धराबाट ग्यास वितरण भइरहेको छ। हप्तौँदेखि ग्यासका लागि भौतारिएका र बिक्रेताकहाँ नाम टिपाउँदासमेत सिलिण्डर नपाएका सर्वसाधारणहरू एकै ठाउँबाट सहजरूपमा ग्यास पाउँदा खुसी देखिएका छन्।
बबरमहल परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास वितरण गरिएको छ। आयल निगमका उपप्रबन्धक रविलाल घिमिरेका अनुसार बिहान १० बजेदेखि नै सुरक्षाकर्मीहरूसँग समन्वय गरी लामबद्ध उपभोक्ताहरूलाई सहजरूपमा ग्यास वितरण भइरहेको छ। यस्तै, निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले तोकिएका स्थानमा ग्यास लिन आउने सर्वसाधारणलाई सकभर रित्तो हात नफर्काउने गरी भरि सिलिन्डर उपलब्ध गराउन ग्यास उद्योगीहरूसँग निरन्तर समन्वय भइरहेको जानकारी दिनुभयो।
निगमका अनुसार टेकु परिसरबाट सिद्धार्थ र हिमालसहितका ब्रान्ड, चाबहिलबाट नेपाल र एचपी, कीर्तिपुरबाट श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम तथा वसुन्धराबाट भानु र ओम ग्यास वितरण भइरहेको छ। उपभोक्ताहरूले बिदाको दिन र पायक पर्ने स्थानबाट ग्यास पाउँदा सहज भएको प्रतिक्रिया दिँदै आगामी दिनमा आफ्नै घरनजिकका स्थानीय बिक्रेताहरूमार्फत पनि यस्तै सहजीकरण गरिदिन सरकारसँग माग गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























