काठमाडौँ, साउन २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले युवालाई स्वदेशमै रोजगारी दिने र स्वरोजगार बनाउने जग खडा गरिरहेको बताउनुभएको छ । उहाँले सरकारले युवाका लागि रोजगारीको आधार तयार गरिरहेको र यसले विदेशमा रहेका नेपालीहरूलाई पनि स्वदेश फर्किएर काम गर्ने सम्भावना जगाउने विश्वास व्यक्त गर्नुभयो।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले सङ्घीय संसद्मा ठुलो सङ्ख्यामा युवाको प्रतिनिधित्व हुनुलाई ऐतिहासिक अवसर र परीक्षाको घडीका रूपमा लिनुपर्नेमा जोड दिनुभयो। युवा नेतृत्व सफल भएको महसुस गराउन परिणाममुखी काम गर्नुपर्ने र जनताले दिएको जिम्मेवारी पूरा नगरे युवा राजनीतिप्रति नै नकारात्मक सन्देश जाने उहाँको भनाइ थियो।
“सरकार युवाको रोजगारीका लागि जग बनाउँदै छ । यो जगले युवालाई स्वदेशमा रोजगारी दिने छ । विदेशमा रहेका नागरिकलाई समेत स्वदेशमै आएर काम गर्न सकिन्छ भन्ने सम्भावनाको घन्टी कतै न कतै बजाउने छ । समय लाग्ला तर हामी धेरै पर छैनौँ । हामी नयाँ सम्भावनाको खोजी गरेर मुलुकको समृद्धिको बाटोमा अर्थपूर्ण योगदान दिने छौँ । हामी मुलुकभित्रै सम्भावना खोजी गरेर यहीँ रोजगारी सिर्जना तथा गरिखाने वातावरण बनाउन लागिपरेका छौँ ।”
– रास्वपा सभापति रवि लामिछाने
सोही कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको सन्देश पनि वाचन गरिएको थियो, जसमा युवा सशक्तीकरण, नीति निर्माणमा उनीहरूको सहभागिता र न्यायपूर्ण तथा दिगो भविष्य निर्माणका लागि हातेमालो गर्न आह्वान गरिएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































