08/13/2026, 08:22:34
बिहिबार, साउन २८, २०८३

सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक बस्दै


काठमाडौँ, साउन २८ गते । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । बिहीबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।