काठमाडौँ, साउन २६ गते । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समितिले प्रदेशका ११ वटै जिल्लामा युवाकेन्द्रित विविध कार्यक्रम आयोजना गर्ने भएको छ। युवा सहभागितालाई केवल राजनीतिक क्षेत्रमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र सार्वजनिक सेवासँग जोड्ने उद्देश्यले यी कार्यक्रमहरू सञ्चालन गर्न लागिएको हो।
कार्यक्रम तालिका अनुसार प्रदेशको आयोजनामा पोखरामा युवाका सवाल, अवसर, चुनौती र समसामयिक विषयमा छलफल गर्न ‘युवा संवाद’ गरिने छ। त्यसै गरी कास्की, पर्वत, स्याङ्जा, नवलपुर, लमजुङ र म्याग्दी लगायतका जिल्लाहरूमा सरसफाइ, रक्तदान, वृक्षरोपण, स्वास्थ्य शिविर र लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना जस्ता रचनात्मक अभियानहरू सञ्चालन गरिने छ।
यसका साथै कास्की र तनहुँमा नीति मन्थन तथा कास्की कारागारमा रहेका कैदीबन्दीहरूसँग भेटघाटका कार्यक्रम समेत तय गरिएको छ। मनाङ, मुस्ताङ, बागलुङ र गोरखामा भने कार्यक्रमको अन्तिम स्वरूप र मिति छिट्टै तय गरिने जनाइएको छ। वातावरण संरक्षण, स्वास्थ्य र नीतिगत बहसमा युवालाई प्रत्यक्ष सहभागी गराउने रास्वपाको यो प्रयासलाई सकारात्मक कदमका रूपमा हेरिएको छ।
जिल्लागत कार्यक्रम तालिका
| जिल्ला | तय गरिएका मुख्य कार्यक्रमहरू |
| कास्की | पोखरा कारागारमा सरसफाइ, नीति मन्थन तथा ‘जेन-जी’ आन्दोलनका क्रममा थुनिएका कैदीबन्दीसँग भेटघाट |
| स्याङ्जा | युवा प्रोत्साहन, रक्तदान तथा वृक्षरोपण |
| पर्वत | रक्तदान, वृक्षरोपण तथा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम |
| तनहुँ | नीति मन्थन कार्यक्रम |
| नवलपुर | स्वास्थ्य शिविर, रक्तदान, वृक्षरोपण तथा सरसफाइ |
| लमजुङ | सरसफाइ र वृक्षरोपण |
| म्याग्दी | युवा प्रोत्साहन कार्यक्रम तथा सरसफाइ अभियान |
| बागलुङ / गोरखा | कार्यक्रमबारे निर्णय हुन बाँकी |
| मनाङ / मुस्ताङ | कार्यक्रमको मिति र स्वरूप तय हुन बाँकी |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























