

दाङ, साउन १४ गते । लुम्बिनी प्रदेशमा एमाले र नेकपाबिच नयाँ सत्ता समीकरण बनेपछि मुख्यमन्त्री फेरबदलको चर्चा चले पनि चेतनारायण आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भएको छ।
भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूबिच भएको छलफलपछि यो निर्णय लिइएको हो। अब दुवै दलबिच मन्त्रालयको संख्या पुनर्संरचना, जिम्मेवारी बाँडफाँट र साझा न्यूनतम कार्यक्रमबारे औपचारिक गृहकार्य सुरु हुनेछ।
काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि बनेको नयाँ गठबन्धन अनुसार अब चाँडै मन्त्रिपरिषद् पुनर्गठन गरी नेकपाका मन्त्रीहरूलाई सरकारमा सहभागी गराइने तयारी छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























