07/30/2026, 09:45:42
बिहिबार, साउन १४, २०८३

रास्वपाको वरिष्ठ नेतामा वालेन्द्र शाह मनोनीत


काठमाडौँ, साउन १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरेको छ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले विधानबमोजिम उहाँलाई सभापतिपछिको दोस्रो वरीयतामा रहने गरी जिम्मेवारी दिने निर्णय गरेको हो। मनोनयनले पार्टी नेतृत्वलाई थप प्रभावकारी, समन्वयात्मक र जिम्मेवार बनाउने विश्वास रास्वपाले लिएको छ।

पूर्वमहामन्त्री तथा प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार बैठकले विधान अनुसार रिक्त पदहरूमा आवश्यक निर्णय गर्दै सङ्गठन सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।