काठमाडौँ, असार ३१ गते । नेपाल एसिसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा पुगेको छ । नेपालको यू–१९ महिला क्रिकेट टोलीले जापानमाथि सानदार जित दर्ता गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। जापानले प्रस्तुत गरेको ८७ रनको सामान्य लक्ष्यलाई नेपालले मात्र ११.२ ओभरमा १ विकेट गुमाएर ९० रन बनाउँदै सहजै भेट्टाएको हो।
नेपालको जितमा प्रारम्भिक ब्याटर सावित्री धामीले अविजित ४१ रनको उत्कृष्ट इनिङ्स खेल्नुभयो। उहाँले ३२ बलको सामना गर्दै उक्त रन बनाउनुभएको हो। यसैगरी सना प्रवीनले १६ बलमा १८ रन र सोनी पाख्रिनले २२ बलमा अविजित १८ रनको योगदान दिनुभयो। जापानका तर्फबाट ममता कश्वानले ४ ओभरमा ११ रन दिँदै १ विकेट लिनुभयो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ८६ रन मात्र बनाउन सकेको थियो। जापानका लागि कप्तान बियान्का शिनोले ५७ बलमा सर्वाधिक ३८ रन बनाउनुभयो। त्यस्तै आयाने साकुराबा र किचो सुजुकीले समान १०–१० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
जापानलाई सस्तैमा समेट्ने क्रममा नेपाली बलरले कसिलो बलिङ गरेका थिए। नेपालका लागि कृष्मा गुरुङले ३ ओभरमा मात्र ६ रन खर्चेर २ विकेट लिनुभयो। रिया शर्माले ४ ओभरमा २३ रन दिएर २ विकेट तथा सोनी पाख्रिन र अनु कडायतले समान १–१ विकेट लिनुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























