07/14/2026, 18:07:44
मङ्गलबार, असार ३०, २०८३

एसिसी महिला यु–१९ प्रिमियर कप : नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा


काठमाडौँ, असार ३० गते । नेपाल मलेसियामा जारी एसिसी महिला यु–१९ प्रिमियर कपको समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘डी’ अन्तर्गत मलेसियाको बायोमास ओभल मैदानमा मङ्गलबार भएको खेलमा नेपालले हङकङलाई एक सय ८१ रनको फराकिलो अन्तरले हरायो । नेपालले समूहमा लगातार तेस्रो जित निकालेको हो ।

यसअघि नेपालले सिङ्गापुरलाई एक सय ५१ रन कतारलाई एक सय पाँच रनले हराएको थियो । जितका लागि नेपालले दिएको दुई १२ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा नौ विकेटको क्षमतिमा ३० रन मात्र बनाउन सक्यो । हङकङका ब्याटरको प्रदर्शन कमजोर रह्यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ११ रन बनाएको थियो । नेपालका लागि ओपनर सावित्रीले लगातार तेस्रो अर्धशतक बनाउने क्रममा ५२ रनको इनिङ्स खेल्नुभयो ।

कप्तान सोनी पाख्रीनले ९० तथा अलिशाकुमारी यादवले अविजित २३ रन बनाउनुभयो । बलिङमा निम्ब्रा अरबले दुई, आर्जु फतिमा र वोङ‌ विङले एक एक विकेट लिनुभयो ।