07/10/2026, 18:02:03
शुक्रबार, असार २६, २०८३

गृहमन्त्री गुरुङको आग्रह : “कसैको पीडामाथि राजनीतीकरण नगर्नुहोस्”

सरकार तीन तहको हुन्छ । जुन ठाउँमा घटना घट्यो, त्यहाँ नगर प्रहरीले ह्विल लक लगाएको हो, ट्राफिक प्रहरीले होइन ।


काठमाडौँ, असार २६ गते । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामा राजनीति नगर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा मुगुका गणेश नेपालीको निधनका विषयमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

कसैको पीडामाथि राजनीति नगर्नुहोस् । सरकार आफ्नो दायित्त्वबाट एक इन्च पनि पछाडि पर्दैन । अन्तिम समयसम्म अथक प्रयास गर्दागर्दै पनि गणेश नेपाली हामीमाझ हुनुहुन्न,’ गृहमन्त्री गुरुङले भन्नुभयो ।

गृहमन्त्री गुरुङले आफूलाई कुनै ‘स्टन्टबाजी’ गर्ने इच्छा नभएको र फिल्डमै गएर जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो । आत्मदाहको प्रयास गरेका नेपालीलाई उपचारका लागि भारत लैजाने प्रयास गरिए पनि चिकित्सकको सल्लाहबमोजिम नै वीर अस्पतालमा उपचार गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

सरकारको कार्यशैली र क्षेत्राधिकारबारे प्रतिपक्षी दलहरू सचेत हुनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकार तीन तहको हुन्छ । जुन ठाउँमा घटना घट्यो, त्यहाँ नगर प्रहरीले ह्विल लक लगाएको हो, ट्राफिक प्रहरीले होइन ।