काठमाडौँ, असार २१ गते । नेपाली कांग्रेसले सरकारको शासकीय सुधारसम्बन्धी सयबुँदे कार्यसूचीको प्रभावकारी कार्यान्वयन नभएको विषयलाई संसद्मा सशक्त रूपमा उठाउने निर्णय गरेको छ।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले प्रमुख प्रतिपक्षी दलको हैसियतमा सरकारलाई जवाफदेही बनाउन थप सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयगत प्रतिवेदनको समीक्षा गर्दै कांग्रेसले कार्यसम्पादन सुधार्न सरकारको ध्यानाकर्षण गराएको छ।
यसै गरी नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पनि सरकारले १०० दिनमा १०० काम गर्ने वाचा गरे पनि यस अवधिमा सरकारको काम अत्यन्त फितलो भएको दाबी गर्नुभएको छ। आकर्षक नारा अगाडि सारिए पनि व्यवहारमा त्यस विपरीत नीति तथा कार्यक्रम ल्याइएको र साझा राष्ट्रिय दस्ताबेज तयार नभएको उहाँको भनाइ छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























