07/04/2026, 22:19:08
शनिबार, असार २०, २०८३

सरकारद्वारा सय दिनमा गरेका कामको सूची सार्वजनिक (पूर्णपाठ)


काठमाडौँ, असार २० गते । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको आज सय दिन पूरा भएको छ । सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका उपलब्धिको विस्तृत विवरण सार्वजनिक गरिएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारका उपलब्धिबारे सञ्चारकर्मीलाई जानकारी गराउनुभएको हो । वर्तमान सरकारले सय दिने विशेष कार्यसूची नै तयार पारेर आफ्ना कामकारबाही अघि बढाएको हो ।

blog

सरकारका मुख्य उपलब्धिहरू

प्रवक्ता मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको उपलब्धि विवरणका मुख्य बुँदाहरू यस प्रकार छन्:

  • सङ्घीय मन्त्रालयको सङ्ख्या कटौती: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रतिबद्धता पत्रमा उल्लेख भएबमोजिम सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको छ।
  • राज्यकोषमा अर्बौँको बचत: मन्त्रालयको सङ्ख्या घटाएसँगै वार्षिक करिब २० अर्ब रुपियाँ राज्यकोषमा बचत हुने अनुमान गरिएको छ।
  • प्रशासनिक संरचना परिमार्जन: अन्य अनावश्यक प्रशासनिक संरचनाहरूको खारेजी र समायोजनमार्फत खर्च कटौती गरी कार्यक्षमता बढाउने सरकारको नीति रहेको छ।
  • सुधारात्मक कदम: राजनीतिक दल निकट मानिएका ट्रेड युनियन तथा विद्यार्थी सङ्गठनहरूको खारेजीलगायतका सुधारात्मक कार्यहरू गरिएका छन्, जसबाट समाजमा सकारात्मक सन्देश गएको प्रवक्ता पोखरेलले उल्लेख गर्नुभयो।