07/01/2026, 16:58:27
बुधबार, असार १७, २०८३
सातौँ एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड

‘सातौँ एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ को मनोनयन सार्वजनिक


धनगढी, असार १७ गते । यही असार १९ गते कैलालीको धनगढीमा हुने ‘सातौँ एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बुधबार वर्ष खेलाडी पुरुष र महिलाको मनोनयन सार्वजनिक गरेको हो । छनोट समितिका अनुसार वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका दुई खेलाडीसहित भारोत्तोलनका एक खेलाडी तथा महिलातर्फ दृष्टिविहीन क्रिकेट, कबड्डी र फुटबलका खेलाडी मनोनयनमा परेका छन् ।

विधागत मनोनयन सूची:

वर्ष खेलाडी (पुरुष):
दिपेन्द्रसिंह ऐरी (कप्तान, टी–२० राष्ट्रिय क्रिकेट टोली)
अशोक भण्डारी (भारोत्तोलक)
हेमन्त धामी (तीव्र गतिका बलर, राष्ट्रिय क्रिकेट टोली)

वर्ष खेलाडी (महिला):
पुनम चौधरी (दृष्टिविहीन क्रिकेट)
मानमती बिष्ट (कबड्डी)
मिना देउवा (फुटबल)

वर्ष प्रशिक्षक:
धिरेन्द्र चन्द (क्रिकेट)
विष्णुदत्त भट्ट (कबड्डी)
जीवन गौतम (भारोत्तोलन)

वर्ष युवा खेलाडी:
विरेन्द्र नाथ (एथलेटिक्स)
सुशील चुनारा (कबड्डी)
सङ्गीता विक (एथलेटिक्स)

सुदूरपश्चिम आइकन (पुरुष):
नारायण जोशी (क्रिकेट)
अशोक भण्डारी (भारोत्तोलन)
सुनिल चन्द (सुटिङ)

सुदूरपश्चिम आइकन (महिला):
दिपा देउवा (कबड्डी)
पूजा साउँद (एथलेटिक्स)
दिपा जैशी (तेक्वान्दो)

अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) रहेको छ भने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रवर्धकका रूपमा साथ दिने भएको छ ।