काठमाडौँ, असार १२ गते । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।
हेर्नुहोस् आजको कार्यसूची :
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ : मन्त्री सोबिता गौतम
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ : मन्त्री सोबिता गौतम
सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ : अर्थमन्त्री स्वर्णिम वाग्ले
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ : मन्त्री प्रतिभा रावल
स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ : मन्त्री निशा मेहता
बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुने, संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने तथा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्नुहुने छ ।
यसैगरी, अर्थमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिएपछि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि उहाँले नै सदनमा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















