06/11/2026, 10:00:35
बिहिबार, जेठ २८, २०८३

फिफा विश्वकपमा पहिलो पटक भारको प्रयोग


काठमाडौँ, जेठ २८ गते । सोचीमा विवादास्पद हिउँदे ओलम्पिक सम्पन्न गरेको चार वर्षपछि रुसले विश्वकप आयोजना ग¥यो । सन् २००९ मै यस विश्वकपका लागि आयोजकको चयन प्रक्रिया अगाडि बढाइएको थियो । सुरुमा नौ राष्ट्रले यसमा चाहना राखे तर मेक्सिकोले पछि आफ्नो प्रस्ताव फिर्ता लियो । सन् २०१० मा इन्डोनेसियाको प्रस्ताव फिफाले खारेज गरिदियो । यसपछि अस्ट्रेलिया, जापान र अमेरिकाले क्रमगत आआफ्नो प्रस्ताव फिर्ता लिए । अन्त्यमा रुस, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स–बेल्जियम र पोर्चुगल–स्पेनको प्रस्ताव मात्र प्रतिस्पर्धामा रह्यो । त्यसपछि सन् २०१० मा मतदानबाट रुसले आयोजना अधिकार प्राप्त गरेको थियो ।

यस विश्वकपमा फिफाले भिडियो असिस्टेन्ट रेफ्री (भार) प्रविधि प्रयोगमा ल्यायो । पहिलो पटक विश्वकप रेफ्रीको निर्णय भिएआरका आधारमा उल्ट्याउन सकिने भयो । फ्रान्स र अस्ट्रेलियाबिचको खेलमा पहिलो पटक भिएआर प्रयोग गरियो र यसका आधारमा फ्रान्सले पेनाल्टी प्रहारको अवसर पाएको थियो । विश्वकप पहिलो पटक रुसमा हुँदै थियो । विश्वकपमा रुसको उत्कृष्ट प्रदर्शन भनेको सन् १९६६ मा चौथो स्थान हासिल गर्नु थियो तर उसले यस विश्वकपमा सुरुवात सानदार ग¥यो । साउदी अरबमाथि ५–० ले जित हासिल गरेको रुसले इजिप्टलाई पनि हरायो । लुइस सुवारेज र एडिसन काभेनीको उरुग्वेद्वारा पराजित भए पनि रुस नकआउट चरणमा पुग्न सफल भएको थियो । यस चरणमा उसले डेनमार्कलाई पेनाल्टी गोलबाट हराएर क्वाटरफाइनलमा प्रवेश ग¥यो । जहाँ उसले टाइब्रेकरमा स्पेनद्वारा पराजित हुनुप¥यो ।

यो विश्वकप सुरु हुनु पहिलेसम्म आठ देशले मात्र विश्वकप ट्रफी उचालेका थिए र जब सेमिफाइनल समीकरण बन्यो बेल्जियम र क्रोसिया तीमध्येका थिएनन् । अर्थात् विश्वकपको नयाँ विजेता आउने सम्भावना देखियो तर फाइनल खेलमा फ्रान्सले क्रोसियालाई ४–२ ले हराउनाले विश्वकपको विजेता क्लबमा नयाँ टिम थपिएन ।