

काठमाडौँ, जेठ २७ गते । नेपाली कांग्रेसले प्रधानमन्त्रीको पछिल्लो सीमासम्बन्धी अभिव्यक्तिका बारेमा सरकारका तर्फबाट आएको स्पष्टीकरण चित्तबुझ्दो नभएको जनाएको छ । यद्यपि मुलुकको आर्थिक एजेन्डा र बजेटको संवेदनशीलतालाई मध्यनजर गर्दै संसद्को अवरोध हटाएर छलफलमा सहभागी हुने निर्णय कांग्रेसले गरेको छ ।
बुधबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा परराष्ट्रमन्त्रीले दिनुभएको जवाफ पर्याप्त नभएको बताउनुभयो । प्रधानमन्त्रीको अभिव्यक्ति सत्य हो वा भ्रम मात्र हो भन्ने विषयमा जनतालाई स्पष्ट पार्नुपर्ने माग राख्दै कांग्रेसले संसद्मा आवाज उठाइरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्रीको जवाफप्रति असहमत रहँदारहँदै पनि बजेटमाथिको छलफल रोक्न नहुने तर्क प्रमुख सचेतक थापाले अघि सार्नुभयो ।
सञ्चारकर्मीहरूसँग बोल्दै प्रमुख सचेतक थापाले भन्नुभयो, “परराष्ट्रमन्त्रीमार्फत प्रधानमन्त्रीको जुन धारणा आउनुपर्ने थियो, त्यो अझै पनि सन्तोषजनक छैन । सीमाजस्तो संवेदनशील विषयमा आधिकारिक र चित्तबुझ्दो जवाफ नआएसम्म हामी यो विषयलाई संसद्मा निरन्तर उठाइरहने छौँ ।” उहाँले अब आफूहरूले संसद्मा प्रधानमन्त्रीको भौतिक उपस्थितिलाई भन्दा पनि उहाँको वक्तव्यको ठोस जवाफलाई प्राथमिकता दिने स्पष्ट पार्नुभयो ।
यसैगरी, बजेट निर्माणका क्रममा करका दर हेरफेर गरिएको र निश्चित व्यापारिक घरानालाई फाइदा पुर्याइएको भनिएको विद्युतीय सवारी साधन (बिवाइडी) प्रकरणमा पनि कांग्रेसले निगरानी बढाइरहेको उहाँले जानकारी दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































