काठमाडौँ, जेठ २५ गते । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बुधबार बिहान ११ बजे बस्दैछ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बिपी स्मृति भवन, ललितपुरमा बस्ने उक्त बैठकमा उपसमिति संयोजकहरूले अवधारणा प्रस्तुत गर्नुहुने छ ।
उहाँले उक्त बैठकमा प्रस्तावित आन्तरिक आचारसंहिता उपर छलफल हुने जानकारी दिनुभयो । यसैगरी, थप उपसमितिको जिम्मेवारी निर्धारण गर्ने तथा समसामयिक एवं विविध विषयमा छलफल हुने उहाँको भनाइ छ ।
यसअघि कांग्रेसको नीति प्रतिष्ठानको तेस्रो बैठक २०८३ जेठ १३ गते बसेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























