काठमाडौं, जेठ १९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारी ५४ लाख ५१ हजार रुपैयाँ बराबरको विदेशी र स्वदेशी मुद्रासहित पक्राउ परेका छन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले सुनसरी घर भइ काठमाडौंको वनस्थली बस्ने ५० वर्षीय कमलनारायण विश्वासलाई पक्राउ गरेको हो ।
विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालका अनुसार उनी विमानस्थलमा ‘ग्राउण्ड इक्यूपमेन्ट अपरेसन (जीईओ)’ का रुपमा कार्यरत थिए । सोमबार उनी भिजिट भिसामा मलेसियाको क्वालालम्पुर जान लागेका थिए । त्यसक्रममा प्रहरीले उनको लगेज जाँच गर्दा शंकास्पद देखिएपछि प्रहरीले खानतलासी लिएको थियो ।
त्यसक्रममा ताप्केमा लुकाएको अवस्थामा विदेशी मुद्रा फेला परेको प्रहरीको भनाइ छ । उनको साथबाट अमेरिकी डलर १४ हजार ८५०, ओमनी रियाल २ हजार ९७०, पाकिस्तानी ३ हजार ५४०, मलेसियन रिंगेट २३ हजार ६३२, श्रीलंकन ७ हजार ७७०, जापानी ४१ हजार बरामद भएको थियो । वेस्ट अफ्रिकाको १ हजार र नेपाली रुपैयाँ ११ लाख बरामद भएको थियो ।


प्रारम्भिक जाँचमा उनी यसअघि पनि २६ पटकसम्म विदेश गएको देखिएको छ । पक्राउ परेपछि भएको सोधपुछमा उनले आफूले सुनसहित अरु सामान ल्याउनलाई त्यो पैसा लगेको दाबी गरेका छन् । नेपाली रुपैयाँ चाहिँ साथीले ल्याइदिनु भनेकाले लगेको दाबी गरेका छन् ।
तर, नचिनिने गरी विमानस्थलबाट विदेश जान लागेको र अरु शंकास्पद परिस्थितिका कारण थप अनुसन्धान गर्न भन्दै प्रहरीले राजश्व अनुसन्धान विभाग, पुल्चोक पठाइदिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































