

काठमाडौँ, जेठ १९ गते । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले नारायणहिटी दरबार हत्याकाण्डको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न माग गरेको छ ।
प्रतिष्ठानले मङ्गलबार स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको २५ औँ स्मृतिसभाको आयोजना गरी दरबार हत्याकाण्डको यथार्थ विवरण सार्वजनिक गर्न माग गरेको हो । दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा हुँदासम्म घटनाको निष्पक्ष छानबिन हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको प्रतिष्ठानका महासचिव रञ्जित धमलाले बताउनुभयो ।
वि.सं. २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्ड नेपालको इतिहासकै अत्यन्त दुःखद र रहस्यमय घटनामध्ये एक भएको उहाँले उल्लेख गर्नुभयो । राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका १० सदस्यको ज्यान गएको उक्त घटनाको वास्तविकता अझै जनतासामु आउन नसक्नु राज्यको गम्भिर कमजोरी भएको उहाँको भनाइ थियो । उहाँले दरबार हत्याकाण्ड भएको दिनलाई नेपालको इतिहासमा ‘कालो दिन’का रूपमा औपचारिक रूपमा दर्ज गर्नसमेत सरकारसँग माग गर्नुभयो ।


नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्ने प्रस्तावमार्फत राजा वीरेन्द्रले अन्तर्राष्ट्रिय स्तरमा शान्तिप्रेमी नेतृत्वको पहिचान स्थापित गरेको उल्लेख गर्दै उक्त प्रस्तावलाई ११६ राष्ट्रले समर्थन गरे पनि केही राष्ट्रको असहमतिका कारण कार्यान्वयन हुन नसकेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले राजा वीरेन्द्रको ‘शान्ति क्षेत्र’ प्रस्तावलाई पुनर्जीवित गर्न तथा देशमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार र सकारवाला निकायलाई आवश्यक पहल गर्न आग्रह गरेको छ । राजा वीरेन्द्रको २५ औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानले ललितपुरको जावलाखेलस्थित वीरेन्द्र चोकमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































