06/02/2026, 09:04:45
मङ्गलबार, जेठ १९, २०८३

पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश


काठमाडौँ, जेठ १९ गते । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई रु एकलाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले निजलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । महराविरुद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ७ करोड ७८ लाख ६८ हजार ९५ बराबरको सुन भन्सार छली तस्करी गरेर राज्यलाई हानी नोक्सानी पुर्याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..