08/19/2026, 19:41:37
बुधबार, भदौ ०३, २०८३

आज र भोलि सर्वोच्च अदालत आंशिक रूपमा खुला


काठमाडौँ, जेठ १४ गते । आज र भोलिको सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत आंशिक रूपमा खुला हुने भएको छ ।

सर्वोच्च अदालतले लगातार चार दिन सार्वजनिक बिदा भएको औँल्याउँदै विहीबार र शुक्रवारका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रूपमा खुला हुने जनाएको हो ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनुवाइका लागि अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..