

काठमाडौँ, जेठ १३ गते । जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार क्षेत्रीले लागुऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने, पक्राउ नगरी केस मिलाइदिने भनी सेवाग्राहीसँग ५० हजार रुपियाँ माग गरी लिएको देखिएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम ५० हजार रुपियाँ कायम गरी जरिवाना हुन माग दाबी लिएकार बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































