05/26/2026, 21:22:34
मङ्गलबार, जेठ १२, २०८३

कांग्रेस महिला सङ्घले पायो पूर्णता, ७० सदस्य मनोनित


काठमाडौँ, जेठ १२ गते । नेपाली कांग्रेस निकट नेपाल महिला सङ्घको केन्द्रीय कार्य समितिमा ७० जना सदस्य मनोनित हुनुभएको छ ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम २०८३ वैशाख २५ गतेका दिन कार्यादेशसहित महिला सङ्घको अध्यक्षमा मीना कुमारी खरेल नियुक्त हुनुभएको थियो ।

अध्यक्ष खरेलले प्राप्त कार्यादेश अनुरुप पार्टी सभापतिसँगको परामर्शमा सो सदस्यहरु नियुक्त गरी समितिलाई पूर्णता दिइएको बताउनुभयो ।