05/22/2026, 14:38:19
शुक्रबार, जेठ ०८, २०८३

‘विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध’


काठमाडौँ, जेठ ८ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेसस बीच भेटवार्ता भएको छ ।

स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा उहाँहरुबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

blog

मन्त्री मेहताले विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोससँगको भेट अत्यन्त फलदायी रहेको बताउनुभयो । भेटमा महानिर्देशक डा. टेड्रोसेले विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताउनुभएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिनुभयो ।

मन्त्री मेहताले सभामा नै यसअघि भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । मन्त्री मेहता तीन सदस्यीय टोलीको नेतृत्व गर्दै सभामा भाग लिन जेनेभा जानुभएको हो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..