

काठमाडौँ, जेठ ४ गते । मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत ओमबहादुर खाम्चाविरुद्ध सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खाम्चाले जिर्ण श्रेस्ता कायम गरी अपुताली जग्गा नामसारी दाखा समेतका काम गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरी मोलमोलाइ गरी दुई लाख रुपियाँ लिएको पुष्टि भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रकम दुई लाख रुपियाँ कायम गरी जरिवाना हुन मागदाबी लिइ सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































