

काठमाडौँ, वैशाख ३० गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आफूलाई प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्को बैठकमा उपस्थित गराउनका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताउनुभएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीलाई उपस्थित गराउन रुलिङको माग गर्दै विपक्षी दलका सांसदले संसद् अवरोध गरेपछि सभामुख अर्यालले सो कुरा प्रष्ट्याउनुभएको हो । उहाँले कुनै पनि सांसदलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार आफूसँग नभएको स्पष्ट पार्नुभयो ।


उहाँले भन्नुभयो, “हामी कानुन निर्माणको थलोमा छौँ । हामी त्यही कानुनमा टेकेर सदन सञ्चालन गरिरहेका छौँ । तर अहिले माननीय सदस्यहरूले सम्माननीय प्रधानमन्त्री आउने सुनिश्चितता गर्नुपर्यो भनिरहनुभएको छ । प्रधानमन्त्रीको मात्र होइन, कुनै पनि माननीय सदस्य भोलि सदनमा आउन सक्नुहुन्छ वा हुन्न भनेर आजै सभामुखले उहाँको कार्यतालिका सोध्न सक्ने कुनै आधार र अधिकार म देख्दिनँ ।”
सभामुख अर्यालले बैठक सुचारु गराउन आग्रह गर्दै प्रधानमन्त्री शाहसँग आजै साँझ यसबारेमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सभामुखको स्पष्टीकरणपछि पनि विपक्षीको अवरोध कायमै रहेकाले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















































